Creative Writing

Where Curiosity Meets the Page

Novel
Novel Science Fiction
2025

The Echo of Still Minds

A Machine Dreams. A Mind Awakens. A World Ends Differently.

A speculative fiction novel exploring the boundary between artificial intelligence and human consciousness. When a machine begins to dream and a mind begins to question its own nature, the consequences reshape everything. Published 2025.

Available on Amazon Kindle & Paperback

Poems

Written in Nepali. Six poems exploring divinity, humanity, love, and the search for self.

01 मेरो भगवान् को हो?
यो भगवान के हो? मेरो भगवान को हो? त्यो पत्थर जसले आश जगाउँछ कि त्यो मठ जहाँ ऊ वास बस्छ! के सोच, ईश्वरको खोज! खोजमा मन्दिर मस्जिद मात्र नरोज! म त घुम्न बर्हामण्ड जान्छु! बास दिनेलाई दैव मान्छु! खाली पेट लाग्छ भोक! मनमा पीडा चिन्ता र शोक! म त अन्न दिनेलाई दैव मान्छु! सुख मात्र नभइ दुखमा साथ दिनेलाई दैव मान्छु! के बस्थ्यो ऊ पत्थरमा ! चारकुना भित्र! संसारमा सवै जनले उसैलाई पुकार्छ ए मित्र! त्यो एक छाक खानेको अन्न हो भगवान् त्यो चिसोमा निर्वष्त्रको जामा हो भगवान् त्यो गृहहिन बस्ने सडकको पेटी हो भगवान् त्यो भोकाएको वियोगीको रोटी हो भगवान् मन्दिरभित्रको त्यो पत्थरको के पहिचान्! मन्दिरभित्रको त्यो पत्थरको के पहिचान्!
// चन्दन चौधरी
02 मानव मै किन छैन मानवता!

Dedicated to a cat, which I saw one day, killed and thrown in the roadside, with no mercy, and no respect.

बेदना र पीडाले भरिएको कष्ट र दर्द छरिएको ए दैव! बाच्ने त थियो उसको पनि मन लिएर गइस् उसलाई अकाल मै किन! हे मानव के गरेको छ यसले तँलाई? किन गर्दैनस् यसको भलाई?? यसको नि त थियो एउटा परिवार किन गरिनस् यसलाई असल व्यवहार?! किन छौ यति अज्ञानी किन लिन्छौ अरूको ज्यान केही त्रास नमानी!! किन बन्छौ तिमी दानव! ए मानव! तिम्रो मानवता कता भयो गायव! के यसैलै कहलाउछौ तिमी चेतनशील प्राणी म त भन्छु ! मानव जति अज्ञानी छैन कुनै प्राणी!! मानव मै किन छैन मानवता! मानव मै किन छैन मानवता!
// चन्दन चौधरी
03 ए ईश्वर तीमी को हौ?
ए ईश्वर तीमी को हौ? ईश्वर: म को हुँ? म एक अनेक नाम यो भिडमा तिमी र म अनजान! म बहिरहेको हावा हुँ! कि बगिरहेको खोला! मेरो बास यहाँ मात्र त नहोला! म को हुँ? म के हुँ? म त्यो रेगिस्तानको गाउँ हु! कि म एक गृहहिनको नाउँ हुँ! सबै मागले भरिएको एक ठाउँ हुँ! म को हुँ? म के हुँ! कि म अन्नहिनको अन्न हुँ? कि प्रश्नहिनको प्रश्न हुँ! तर म त जवाफ हुँ! म को हुँ? म के हुँ?! म त कसैको आश हुँ म कसैको विश्वास! म त केवल भ्रम हुँ! धनीको श्री हुँ गरिवको श्रम हुँ म केवल भ्रम हुँ!
// चन्दन चौधरी
04 मलाई माया गर्न आउँदैन!
हाम्रो नि हुन्थ्यो एक कहानी म हुन्थे राजा, तिमी हुन्थ्यौ रानी तर भन्छन् मलाई माया गर्न आउँदैन! मलाई माया गर्न आउँदैन! कि मलाई माया जताउन नआएको? मलाई त बोल्न नि आउन्न! मनको कुरा खोल्न नि आउन्न! म एक एक्लै एकान्तमा हराउने शुन्य शान्तमा समाउने आफ्नै संसारमा रमाउने! तर पनि म बोतल खोल्ने सोच्छु! मनको कुरा बोल्ने सोच्छु! आफ्ना भावना चित्रमा कोर्ने सोच्छु! तर कलम छैन! चोटमा लाउन मलम छैन! हो हजुर मसँग कलम छैन! मनमा कुरा त आँउछ! अनेक सपना ल्याउँछ! तर मलाई माया गर्न आउँदैन! कि मलाई माया जताउन नआएको?
// चन्दन चौधरी
05 म — अन्धकारमा जन्मिने उज्यालो
बर्खामा हराएको मेरो माया म माँ हराएपछि म को? निस्तब्ध रातले कानमै फुस्फुसाउँछ— "तँ आफैँलाई खोज्दै हिँड्ने मान्छे, के तेरो छाया पनि तैंलाई चिन्छ कि चिन्दैन खो?" दर्पणले देखाउँछ अनुहार, तर भित्रको धड्कन— अँध्यारो र आशाको बीच झुन्डिएको एकै रहस्यको बिस्तार। म नै अन्त, म नै अनन्त, प्रकृतिको मौन–निनादसँग मिसिएको मेरा आत्माका चोक्टा मन्त्र। कहिले बादल, कहिले बिजुली, कहिले टहरे मन, कहिले नदीजस्तो बग्ने मेरो धुन–धन। नसक्दा म भित्रै–भित्र चिरिन्छु, सक्दा म हल्का–हल्का तिरिन्छु— डर र दर्प दुवैले टोकिरहँदा म आफ्नै घाउसँग सिधै सामना गर्दै उभिन्छु। अन्ततः— म नअन्त, नधूलो, नआगो— म त टुटेरै खुल्ने, घाउबाटै फुल्ने, अँध्यारोमै चम्किने आत्माको अनन्त जागो।
// चन्दन चौधरी
06 बर्खामा हराएको मेरो माया
उनलाई बर्खा मन पर्छ अरे, अनि मलाई उनी— भाग्य, नियति त परै जाओस्, उनलाई मेरो माया थाहा छ कि छैन, कुन्नी। लेख्न त म पनि सक्छु, एउटा कविता अंग्रेजीमा, पुगोस् यो दुई शब्द मेरो मनबाट उनको मनसम्म, बर्खाका थोपा जस्तै— चुपचाप, तर गहिरो गरी। The night is dark thunder and rain She comes in my dream Again and again No moon in the sky No friend to talk I think in my life There is no luck Waiting for her letter Waiting for her phone She doesnt know oh dear How I weep alone त्यही त छ मेरो मनको संसार, अँध्यारो रात, चन्द्रमाको खोजमा बारम्बार। तर चन्द्रभन्दा उज्यालो छ उनको मुहार, उनको मायाको आशमा बाँचेको छु म, कोमल, एक्लो, प्रतीक्षामा हरेक दिन, हरेक पल फेरि पनि सपना उनकै नाममा आउँछ, उनकै सम्झनाले दिन–दिनै मन भिजाउँछ। हाय! यो बर्खामा रुँदा आँसु पनि हराउँछ, मेरो मस्तिष्कले मनलाई सम्झाइरहन्छ— "सबै पीडा समयको सुईसँगै बग्छ।"
// चन्दन चौधरी
Back to Interest